१३ असार २०८३, शनिबार
,
Latest
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

के अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्यारा केजीबीसँग सम्पर्कमा थिए ?



अ+ अ-

वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्या विश्वका लागि रहस्य बनेको छ । अमेरिकाको नेसनल आर्काइभले बुधबार अमेरिकी अनुसन्धानसम्बन्धी १५ सय दस्तावेज सार्वजनिक गरेको छ । जोन एफ केनेडीको हत्या सन् १९६३ नोभेम्बर २२ मा भएको थियो । यी जासुसी दस्तावेजबाट केनेडीको हत्यारा लि हार्वे ओसवाल्डले केनेडीको हत्या हुनुभन्दा दुई महिनाअघि रुसी गुप्तचर एजेन्सी केजिबीका एजेन्टसँग भेट गरेको खुलासा भएको छ । 

अमेरिकी जासुसी एजेन्सी सिआइएको मेमोमा एक अज्ञात सूचनादाताले अष्ट्रेलियामा अमेरिकी दूतावासका अधिकारीहरुलाई सोभियत सङ्घका तर्फबाट केनेडीको हत्या गरिने जानकारी दिएको खुलासा गरिएको छ । तर उक्त जासुसी सूचना सिआइएलाई कहिल्यै दिइएन । एक मेमोमा अष्ट्रेलियाबाट टेलिफोनमा भएको कुराकानीको पूर्ण विवरण मागिएको भनिएको छ । सन् १९६२ को सो फोन कलका बारेमा सिआइएसँग कुनै जानकारी छैन । 

ओसवाल्ड सेप्टेम्बर २३ मा सोभियत दूतावासमा 

यी दस्तावेजले केनेडीको हत्याका बारेमा नयाँ जानकारी दिएक छन् तर यो विवाद अझै सुल्झिएको छैन। यी १५ सय फाइलले केनेडीको हत्या हुनुअघि ओसवाल्ड र सोभियत जासूसहरू बीचको बैठक र कुराकानी प्रकट गर्दछन्। दस्तावेजअनुसार मेक्सिको सिटीमा कैद गरिएको फोन कलले ओसवाल्ड सेप्टेम्बर २३ मा सोभियत दूतावासमा थिए र त्यहाँ केजिबी अधिकारी भ्यालेरी भ्लादिमिरोभिचसँग भेटेका थिए भन्ने जानकारी दिएको छ । 

‘ओसवाल्डले अक्टोबर १ मा सोभियत दूतावासलाई फोन गरे र आफ्नो नाम दिए’, मेमोमा भनिएको छ । उसले टुटेफुटेको रुसी भाषामा बोलेको थियो । सो मेमोमा केजिबी अधिकारीको जवाफ पनि दिइएको छ । सो फोन कलका बारेमा सो मेमो सन् १९६३ नोभेम्बर २३ को हो । त्यसको एक दिनपछि ओसवाल्डलाई केनेडीको हत्याको आरोप लगाइएको थियो । केनेडीको हत्या भएको दुई दिनपछि अर्को सूचनादाताले अष्ट्रेलियामा अमेरिकी नौसैनिक अधिकारीलाई फोन गरेर केजिबीको हात रहेको बताएको थियो ।