२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको हवाईका लागि युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउनुपर्छ: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाईका लागि युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् ।नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएकोले प्रतिबन्ध हटाउनुपर्ने उनले बताए ।

काठमाडौंमा सोमबारबाट सुरुभएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन् कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिबन्ध हटाउन नभने पनि नेपालले पछिल्ला वर्षमा हवाई उड्डयनमा गरेको विकाशले असुरक्षा हटेको बताएका हुन् ।

नेपालले हवाई सुरक्षाका बाँकी कामहरुमा क्रमशः सुधार गर्दै गएको समेत बताए । नेपालले सुखी नेपाली र सम्बृद्ध नेपालको नारा लक्ष्य हासिल गर्न पर्यटनलाई प्रमुख अंगको रुपमा लिएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले विश्वमा प्रवेश गर्न कनेक्टिभिटीको ठूलो महत्व रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा साथ दिन सबैलाई आग्रह गरे । आजबाट सुरु भएको सम्मेलन पाँच दिनसम्म चल्ने छ । यो सम्मेलनमा ४३ देशका चार सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेका छन् ।