५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हरेक मृतकका रगतका थोपा थोपाको बदला हामी लिनेछौँ’



अ+ अ-

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आईएसआईएसलाई नष्ट गरिने बताएका छन् ।

काबुलमा आइतबार ६३ को ज्यान जाने गरी आईएसआईएसका लडाकुले गरेको हमलाको भोलिपल्ट राष्ट्रपतिले यस्तो प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रपति घानीले यसको बदला आफूहरुले लिने बताएका छन् । राष्ट्रपतिले भनेका छन् ‘हरेक मृतकका रगतका थोपा थोपाको बदला हामी लिनेछौँ ।’उनीहरुसँग बदला लिएर जरैदेखि नष्ट गर्ने उनको भनाइ छ ।

काबुलस्थित एक विवाह समारोहमा आईएसआईएसका लडाकुले आइतबार गरेको हमलामा ६३ को मृत्यु भएको थियो । अरु एक सय ८२ जना घाइते भए ।