५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक युवा मृत फेला



अ+ अ-

नुवाकोट । नुवाकोटको तादी गाउँपालिका–३ भोर्लेमा एक युवा मृत अवस्थामा भेट्टिएका छन् । मृत युवा तादी गाउँपालिका– २ रालुकादेवीका २३ वर्षीय विजय कट्टेल रहेको खुलेको हो । उनी खरानीटारमा जात्रा हेर्न भनि साउन ३१ गते घरबाट निस्किएका थिए ।

सोमबार विहान रामशरण उप्रेतीको खेतमा कट्टेललाई मृत अवस्थामा देखेर स्थानीयले इलाका प्रहरी कार्यालय खरानीटारमा खबर गरेका थिए । प्रहरीले मुचुल्का गरी शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको छ।

घनाटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए।