२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक युवा मृत फेला



अ+ अ-

नुवाकोट । नुवाकोटको तादी गाउँपालिका–३ भोर्लेमा एक युवा मृत अवस्थामा भेट्टिएका छन् । मृत युवा तादी गाउँपालिका– २ रालुकादेवीका २३ वर्षीय विजय कट्टेल रहेको खुलेको हो । उनी खरानीटारमा जात्रा हेर्न भनि साउन ३१ गते घरबाट निस्किएका थिए ।

सोमबार विहान रामशरण उप्रेतीको खेतमा कट्टेललाई मृत अवस्थामा देखेर स्थानीयले इलाका प्रहरी कार्यालय खरानीटारमा खबर गरेका थिए । प्रहरीले मुचुल्का गरी शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको छ।

घनाटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए।