५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण खोलाको डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग अझै खुल्न सकेन



अ+ अ-

काठमाडौं । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका स्थित अरुण खोलाको डाइभर्सन बगेपछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अझै खुल्न सकेको छैन ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा पर्ने डाइभर्सन बाढीले बगाउँदा सयौं यात्रु आइतबार साँझदेखि अरुणखोला बजारमै अलपत्र परेका छन् ।

सडक अवरद्ध भएका कारण राजमार्गमा सवारीको लाइन लागेको छ। रोकिएका गाडीको लाइन पश्चिम नवलपरासीको बर्दघाटसम्म आईपुगेको छ।

डाइभर्सनबाटै सवारी साधन सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि निरन्तर परेको पानीका कारण खोलाको बाढी नघटेकोले सम्भव नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० मोहन पोखरेले जानकारी दिए ।

खोलामा पानीको सतह घटे आज साँझसम्मै सवारी साधन सञ्चालन गर्न सकिने एसपी पोखरेलले बताए ।