५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा ‘हिंस्रक’ प्रदर्शन, सरकारी भवन नै जलाए



अ+ अ-

काठमाडौं । इन्डोनेसियाको पश्चिमी क्षेत्र पपुवास्थित हजारौं प्रदर्शनकारीको आन्दोलन हिंस्रक बन्न थालेको छ ।

आदिवासी पपुवान विद्यार्थीहरुलाई राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई रिहाइको माग गर्दै गरेको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आक्रोशित बनेका प्रदर्शन गरेका थिए ।

उक्त प्रर्दशनका क्रममा प्रर्दशनकारीले सार्वजनिक भौतिक पूर्वाधारमा आगो लगाउनुका साथै सडक समेत भत्काइदिएका छन् ।

पश्चिम पपुवा प्रान्तको राजधानी मनोक्वारीस्थित प्रदर्शनकारीले सरकारी भवन नै जलाएको समाचार अलजजिराले जनाएको छ ।

पश्चिम पपुवा प्रान्तका पूर्व गभर्नर डोमिंगस मन्दाकान बस्ने भवन समेत प्रदर्शनकारीले जलाएका छन् । प्रहरीले घटनाको बारेमा छानविन गरिरहेको जनाएको छ ।