१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा ‘हिंस्रक’ प्रदर्शन, सरकारी भवन नै जलाए



अ+ अ-

काठमाडौं । इन्डोनेसियाको पश्चिमी क्षेत्र पपुवास्थित हजारौं प्रदर्शनकारीको आन्दोलन हिंस्रक बन्न थालेको छ ।

आदिवासी पपुवान विद्यार्थीहरुलाई राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई रिहाइको माग गर्दै गरेको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आक्रोशित बनेका प्रदर्शन गरेका थिए ।

उक्त प्रर्दशनका क्रममा प्रर्दशनकारीले सार्वजनिक भौतिक पूर्वाधारमा आगो लगाउनुका साथै सडक समेत भत्काइदिएका छन् ।

पश्चिम पपुवा प्रान्तको राजधानी मनोक्वारीस्थित प्रदर्शनकारीले सरकारी भवन नै जलाएको समाचार अलजजिराले जनाएको छ ।

पश्चिम पपुवा प्रान्तका पूर्व गभर्नर डोमिंगस मन्दाकान बस्ने भवन समेत प्रदर्शनकारीले जलाएका छन् । प्रहरीले घटनाको बारेमा छानविन गरिरहेको जनाएको छ ।