काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ ।
प्रारम्भिक गणनाअनुसार ४०९० मतगणना हुँदा गगन थापाले २६४४ ,विश्वप्रकाश शर्माले १६८५ ,डा प्रकाशशरण महतले १३५७ प्रदीप पौडेलले १२२७ मिनेन्द्र रिजालले ७०६ र राजाराम कार्कीले ९२ मत ल्याएका छन् ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।