५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभीसी सेन्ट्रल जोन भलिबलः पहिलो खेलमै नेपाल पराजित



अ+ अ-

काठमाडौं । एभीसी सेन्ट्रल जोन भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ। सोमबार भएको खेलमा नेपाल किर्गिस्तानसँग सोझो सेटमा पराजित भएको हो।

ललितपुर लगनखेलस्थित नेपाल आर्मीको कभर्ड हलमा आयोजना भएको प्रतियोगीतमा नेपाललाई किर्गिस्तानले २३–२५, २२–२५ तथा २३–२५ को सोझो सेटमा पराजित गरेको हो।

किर्गिस्तान यस प्रतियोगिताको एक पटकको विजेता हो भने एकपटकको उपविजेता हो।नेपालले अब बुधबार माल्दिभ्सको सामना गर्नेछ। समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र किर्गिस्तान छन्।

यस्तै समूह ‘बी’ मा साविकको विजेता तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तान रहेका छन्। प्रतियोगिता भदौ ७ गतेसम्म संचालन हुनेछ।