५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध उत्खननले बस्ती जोखिममा



अ+ अ-

जलेश्वर । महोत्तरीको उत्तरवर्ती खयरमाराका ७० घर रहेको बस्ती नदी कटानको जोखिममा परेको छ । बर्दिवास नगरपालिका–१० मा पर्ने सो बस्तीको छेउबाट बग्ने मडहा खोलाबाट अहिले जथाभावी ढुङ्गा, बालुवा र गिट्टी उठाउन थालिएपछि सो बस्तीमा कटानको जोखिम बढ्दै गएको हो ।

खयरमारा नजिकै मडहा खोलाबाट दैनिक ट्याक्टरले प्रतिदिन ढुङ्गा, गिट्टी र बालुवा उठाएर लैजाने गरेकाले सो खोला बस्तीतिर पस्न खतरा रहेको स्थानीयले बताएका छन् । सरकारको नियमानुसार असार, साउन र भदौमा नदीजन्य पदार्थ उठाउन प्रतिबन्ध रहे पनि खयरमाराको नदीबाट ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने काम भइरहेको छ ।

सरकारले चुरे र चुरे क्षेत्रभन्दा माथिबाट नदीजन्य पदार्थ झिक्न रोक लगाए पनि खयरमारामा सबै नियम, कानूनको बेवास्ता गरी नदीजन्य पदार्थ जथाभावी रुपमा उठाउने गरिएको छ । जथाभावी रुपमा नदी दोहन गर्ने ट्याक्टर चालक तथा मजदूरले वडाध्यक्षको सिफारिसमा नै ढुङ्गा, गिट्टी र बालुवा लगिरहेको बताएका छन् ।

वडाध्यक्ष धनलाल श्रेष्ठले व्यक्तिहरुले जाली भर्नु छ, घर बनाउनु छ जस्ता कुरा गरेर सिफारिस लिन आएपछि थोरै थोरैका लागि सिफारिस दिइएको तर जथाभावी रुपमा गाउँलाई प्रतिकुल असर पर्ने गरी सिफारिस नदिइएको बताए । नगरप्रमुख बिदुर कार्कीले आफूलाई यसबारे कुनै औपचारिक जानकारी नभएको र जानकारी भएमा गाउँ बस्ती नै जोखिममा पार्ने गरी नियम विपरीत नदी दोहन गर्ने जोसुकैलाई पनि कानून बमोजिम कारवाही गरिने बताए।