५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार



अ+ अ-

खार्तुम । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक ओमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खार्तुमको एक अदालतमा सुडानी अनुसन्धानकर्ताले सोमबार बसिरले लिएको उक्त रकमबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन् ।

प्रहरी ब्रिगेडियर समेत रहेका अहमद अलीले भने, “पूर्व राष्ट्रपति बसिरले अनुसन्धानका क्रममा उक्त मोटो रकम लिएका स्वीकार्नुभएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।”

पूर्वराष्ट्रपतिले अनुसन्धानमा बताएअनुसार उक्त रकम ‘साउदी राजकुमार मोहम्मद विन सलमानका प्रतिनिधि’ मार्फत सुडानमा हस्तान्तरण भएको थियो ।