२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी साधनबाट एक करोड सङ्कलन



अ+ अ-

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु एक करोड २० लाख ४८ हजार जरिवाना (राजश्व) सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को अवधिमा सवारी कारवाहीबाट उक्त जरिवना सङ्कलन गरिएको हो ।

सवारी साधन कारवाहीबाट जरिवाना रकम सङ्कलन गरेको अहिलेसम्मकै उच्च रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसवर्ष बढी राजश्व सङ्कलन भएको प्रहरी नायब निरीक्षक विष्णु बस्नेतले जानकारी दिनुभयो । सिन्धुलीमा सवारी चाप बढ्दै जाँदा सवारी साधनहरुले नियम उल्लङ्घन गर्दा कारवाहीको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ ।

सवारी कारवाहीबाटै एक महीनामा न्यूनतम रु सात लाख राजश्व सङ्कलन भएको छ । एक आवमा १७ हजार ७२२ सवारी साधन कारवाहीमा परेका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । नियम विपरीत चलेका दुई हजार ६४८ बस, आठ हजार ८११ ट्रक, चार हजार ६६९ जिप तथा कार, ७४५ ट्याक्टर, तीन हजार ७४४ मोटरसाइकल र एक हजार २३८ टेम्पो कारवाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । सवारी कारवाहीबाट सबैभन्दा कम साउन महीनामा रु सात लाख ६५ हजार राजश्व सङ्कलन गरेका ट्राफिक प्रहरीले भदौमा रु १२ लाख २५ हजार, कात्तिकमा रु ११ लाख ९२ हजार, पुस, फागुन, चैत र वैशाख महीनामा रु १० लाख भन्दाबढी राजश्व सङ्कलन गरेको छ ।

बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीको चाप बढ्दै जाँदा सवारीको कारवाही सङ्ख्या पनि बढ्दै गएको हो । आव २०७४/७५ मा ट्राफिकले रु एक करोड आठ लाख ५४ हजार ५०० राजश्व सङ्कलन गरेको थियो ।

बिपी राजमार्गको सिन्धुली सडकखण्डमा ‘टाइमकार्ड’ लागू गरिएपछि दुर्घटना कम भएका प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । सिन्धुली हुँदै काठमाडाँै र काठमाडौँ हुँदै तराईका विभिन्न जिल्लालाई गन्तव्य बनाएर दैनिक ७०० भन्दाबढी सवारी साधन गुड्ने गरेका छन् ।