काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् ।
पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् ।
४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी रहेपनि गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।
मतगणना जारी छ भने केहीबेरमै अन्तिम परिणाम आउनेछ ।