२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएकामध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका हुन् । 

अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत ल्याए । गगनले कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत पाएका छन् । उनले खसेको मतको झन्डै दुई तिहाइ मत पाएका हुन् ।  

यस्तै, विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ। कूल ४६८२ मत खसेको थियो। यद्यपि, अन्तिम परिणामको औपचारिक घोषणा हुन बाँकी छ। तेस्रो स्थानमा रहेका प्रकाशशरण १५५६ मत पाएका छन् भने प्रदीप पौडेलले १३९३ मत ल्याएका छन् । मीनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०६ मत आएको छ ।

झन्डै २ तिहाइ मत ल्याएर निर्वाचित थापा, शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका थिए भने दोस्रो बढी मत ल्याएका शर्मा, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

शेखरकै प्यानलबाट उम्मेदवार बनेका मीनेन्द्र रिजाल भने पाँचौं नम्बरमा आएका छन् ।सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल तेस्रो र चौथो भएका छन् ।

झन्डै २ तिहाइ मत ल्याएर निर्वाचित थापा, शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका थिए भने दोस्रो बढी मत ल्याएका शर्मा, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।