१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएकामध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका हुन् । 

अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत ल्याए । गगनले कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत पाएका छन् । उनले खसेको मतको झन्डै दुई तिहाइ मत पाएका हुन् ।  

यस्तै, विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ। कूल ४६८२ मत खसेको थियो। यद्यपि, अन्तिम परिणामको औपचारिक घोषणा हुन बाँकी छ। तेस्रो स्थानमा रहेका प्रकाशशरण १५५६ मत पाएका छन् भने प्रदीप पौडेलले १३९३ मत ल्याएका छन् । मीनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०६ मत आएको छ ।

झन्डै २ तिहाइ मत ल्याएर निर्वाचित थापा, शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका थिए भने दोस्रो बढी मत ल्याएका शर्मा, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

शेखरकै प्यानलबाट उम्मेदवार बनेका मीनेन्द्र रिजाल भने पाँचौं नम्बरमा आएका छन् ।सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल तेस्रो र चौथो भएका छन् ।

झन्डै २ तिहाइ मत ल्याएर निर्वाचित थापा, शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका थिए भने दोस्रो बढी मत ल्याएका शर्मा, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।