२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सका अध्यक्ष नेपालद्वारा सपथ ग्रहण



अ+ अ-

काठमाडौँ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) का नवनियुक्त अध्यक्ष रविनकुमार नेपालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले भुक्तानी तथा फछ्र्यौट विनियमावली बमोजिम उहाँलाई बुधबार दिउँसो पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

लिमिटेडको २०७८ मङ्सिर २७ गते सम्पन्न आठौँ वार्षिक साधारणसभाले शेयरधनी बैंकहरुबाट प्रतिनिधित्व गर्ने छ जना सञ्चालक नियुक्त गरेको थियो । सो पश्चात नवनियुक्त सञ्चालकमध्ये श्री नेपाल सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।  

बैंक तथा वित्तीय संस्थाद्वारा स्थापित तथा सञ्चालित सो कम्पनीले १५ वटा बैंक तथा वित्तीय संस्थालाई सेवा प्रदान गर्दै आएको छ । नेप्स एक एऋक्ष्म्क्क् र एऋक्ष्एक्ष्ल् प्रमाणित कम्पनी हो ।

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार बैंक तथा वित्तीय संस्थाहरुका लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मका रुपमा रहेको कमपनीले करिब दुई हजार एटिएम तथा देशभर २० हजार मार्फत एइक् ३५ लाख ग्राहकलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।