१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सका अध्यक्ष नेपालद्वारा सपथ ग्रहण



अ+ अ-

काठमाडौँ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) का नवनियुक्त अध्यक्ष रविनकुमार नेपालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले भुक्तानी तथा फछ्र्यौट विनियमावली बमोजिम उहाँलाई बुधबार दिउँसो पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

लिमिटेडको २०७८ मङ्सिर २७ गते सम्पन्न आठौँ वार्षिक साधारणसभाले शेयरधनी बैंकहरुबाट प्रतिनिधित्व गर्ने छ जना सञ्चालक नियुक्त गरेको थियो । सो पश्चात नवनियुक्त सञ्चालकमध्ये श्री नेपाल सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।  

बैंक तथा वित्तीय संस्थाद्वारा स्थापित तथा सञ्चालित सो कम्पनीले १५ वटा बैंक तथा वित्तीय संस्थालाई सेवा प्रदान गर्दै आएको छ । नेप्स एक एऋक्ष्म्क्क् र एऋक्ष्एक्ष्ल् प्रमाणित कम्पनी हो ।

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार बैंक तथा वित्तीय संस्थाहरुका लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मका रुपमा रहेको कमपनीले करिब दुई हजार एटिएम तथा देशभर २० हजार मार्फत एइक् ३५ लाख ग्राहकलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।