नवलपरासी । पूर्व–पश्चिम राजमार्गको अरुणखोलामा ३६ घण्टादेखि अवरुद्ध सडक मंगलबार बिहानैदेखि एकतर्फी सञ्चालनमा आएको छ ।पानीको सतह मंगलबार बिहानबाट कम भएसँगै प्रहरीले पुनः एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याएको हो ।
प्रहरीका अनुसार डाइभर्सन मर्मतको काम अहिले भइरहेको छ । डाइभर्सन मर्मतको काम दिउँसोसम्मका सकेर आजैबाट दुवैतर्फी सडक सञ्चालनमा ल्याउने प्रहरी भनाइ छ ।
गत बुधबार बिहान साढे ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको बायाँ साइडमा ठक्कर दिँदा पुलको पूर्व–दक्षिणको पिल्लर भाँचिएको थियो ।पुल भाँचिएको १ साता बितिसक्दा मर्मतको लागि कुनै पहल हुन सकेको छैन ।
महत्त्वपूर्ण स्थानको पुल भासिएपछि एक सातादेखि यात्रु र सवारी साधनले सास्ती झेलिरहेका छन् । यसको विकल्पका रूपमा डाइभर्सन प्रयोग गरिए पनि व्यवस्थित बनाउन नसकिएको गुनासो यातायात व्यवसायी र यात्रुले गरेका छन् ।