५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

३६ घण्टादेखि अवरुद्ध अरुणखोला डाइभर्सन एकतर्फी सञ्चालनमा



अ+ अ-

नवलपरासी । पूर्व–पश्चिम राजमार्गको अरुणखोलामा ३६ घण्टादेखि अवरुद्ध सडक मंगलबार बिहानैदेखि एकतर्फी सञ्चालनमा आएको छ ।पानीको सतह मंगलबार बिहानबाट कम भएसँगै प्रहरीले पुनः एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याएको हो ।

प्रहरीका अनुसार डाइभर्सन मर्मतको काम अहिले भइरहेको छ । डाइभर्सन मर्मतको काम दिउँसोसम्मका सकेर आजैबाट दुवैतर्फी सडक सञ्चालनमा ल्याउने प्रहरी भनाइ छ ।

गत बुधबार बिहान साढे ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको बायाँ साइडमा ठक्कर दिँदा पुलको पूर्व–दक्षिणको पिल्लर भाँचिएको थियो ।पुल भाँचिएको १ साता बितिसक्दा मर्मतको लागि कुनै पहल हुन सकेको छैन ।

महत्त्वपूर्ण स्थानको पुल भासिएपछि एक सातादेखि यात्रु र सवारी साधनले सास्ती झेलिरहेका छन् । यसको विकल्पका रूपमा डाइभर्सन प्रयोग गरिए पनि व्यवस्थित बनाउन नसकिएको गुनासो यातायात व्यवसायी र यात्रुले गरेका छन् ।