काठमाडौं । उस्मान डेम्बेले पाँच साता मैदान बाहिर रहने भएका छन् । ला लिगाको पहिलो खेलमा बार्सिलोनाले एथ्लेटिको विल्बाओसँग हार्दा डेम्बेलेको घुँडामा चोट लागेको थियो ।
२०१७ मा बार्सिलोनामा आएपछि उनी छैटौंपटक घाइते भएका हुन् । उनले अहिलेसम्म २२८ दिन चोटमा बिताएका छन् । क्लबमा आबद्ध भएलगतै पनि उनी चोटका कारण १०० दिन मैदान बाहिर भएका थिए ।