२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट

बूढानीलकण्ठका १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ् गर्ने

बूढानीलकण्ठका १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ् गर्ने
अ अ+ अ-

काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले बूढानीलकण्ठ नगरपालिकाका क्षेत्रका बालबालिकाको निःशुल्क मुटुको स्क्रिनिङ् (परीक्षण) गर्ने भएको छ । केन्द्रले बूढानीकलण्ठ नगरपालिकाको सहकार्यमा पाँचदेखि १५ वर्ष उमेरसमूहका विद्यार्थीको मुटुको स्क्रिनिङ् गर्ने भएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बालबालिकामा लाग्ने बाथ मुटुरोग कतिको छ भनेर परीक्षण गर्नका लागि मुटुको स्क्रिनिङ्ग गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत् १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ गर्न थालिएको हो । “बाथमुटुको रोग कति छ भनेर हेर्नका लागि हामीले परीक्षण गर्न थालेको हौं”, उहाँले भन्नुभयो, “आगामी सोमबार (यही पुस ६ गते)देखि विद्यालयमा नै गएर हामीले बालबालिकाको मुटुको परीक्षण गर्ने छौं ।”

उहाँले बालबालिकामा बाथ मुटुरोगको समस्या देखिने भएकाले स्क्रिनिङ् गर्न थालिएको बताउनुभयो । सामुदायिक विद्यालयबाट १० हजारको विद्यार्थी नपुगेको खण्डमा निजी विद्यालयका विद्यार्थीको पनि परीक्षण गर्ने उहाँले बताउनुभयो । केन्द्रका मुटुरोग विशेषज्ञ डा कुन्जन शेर्पाको संयोजकत्वमा १२ जना टोली बनाएर प्रत्येक विद्यालयमा गई विद्यार्थीको मुटुको परीक्षण गरिने छ ।

खेलाडीको पनि स्क्रिनिङ् गर्दा दुई जनामा मुटुको समस्या

यसअघि केन्द्रले अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)सँग मिलेर फुटबलका राष्ट्रिय खेलाडीको मुटुको अवस्थाको परीक्षण गरेको छ । उहाँले २०० जना खेलाडीको फुटबल खेल्नुभन्दा अगाडि मुटुको परीक्षण गरिएको बताउनुभयो । “फुटबल खेल्नु भन्दा अगाडि खेलाडीको मुटुको अवस्था कस्तो छ । खेल्न सक्छन् कि सक्दैनन् भनेर हामीले मुटुको परीक्षण गर्‍यो” उहाँले भन्नुभयो, “परीक्षण गर्दा एक जनामा बाथमुटु रोग लागेको र अर्को एक जनाको मुटुमा प्वाल परेको थियो । ती दुई जना उपचारपछि घर फर्किसकेका छन् ।”

दुई जनामध्ये एकजना पुनः फुटवल खेलिरहेका र अर्का एक जना तीन महिनापछि फुटबल खेल्न सक्ने उहाँले बताउनुभयो । मुटुको रोगका कारणले खेल्न सक्छ वा सक्दैन भन्ने परीक्षण गरिएको उहाँको भनाइ  थियो ।

यस्तै केन्द्रले २०० शय्याको बालमुटु शय्या बनाउन थालिएको उहाँले जानकारी दिनुभयो । “डिजाइनको काम सुरु भएर निर्माणको प्रक्रियामा रहेको छ,” उहाँले भन्नुभयो । रासस