२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश



अ+ अ-

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो । चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब १०० किलोमिटर टाढा रहेको छ । इस्रोले अब चन्द्रयान–२ लाई सतहमा उतार्ने प्रक्रिया शुरु हुने जनाएको छ ।

इस्रोद्वारा जारी विज्ञप्तिमा आउँदो सेप्टेम्बर ७ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा चन्द्रयान–२ अवतरण गर्नेछ । चन्द्रयानको स्वास्थ्य र गुणस्तर राम्रो भएकाले चन्द्रमामा अवतरण सफल हुने इस्रोले जनाएको छ । यो यान गत जुलाई २२ का दिन पृथ्वीबाट प्रक्षेपण गरिएको थियो । चन्द्रयान–२ आजसम्म चन्द्रमाको कसैले पाइला नटेकेको दक्षिणी क्षेत्रमा अवतरण गर्नेछ ।

चन्द्रयानमा अर्बिटर, ल्यान्डर र रोभर रहेका छन् । चन्द्रमाको सतहमा पहिलो पटक भारतीय यान अवतरण गर्न लागेको हो । यससँगै चन्द्रमाको सतहमा पुग्ने विश्वमै चौथो देश बन्नेछ । यसअघि अमेरिका, रुस र चीनले चन्द्रमामा यानहरु ओरालिसकेका छन् ।