५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदी र खानसँग राष्ट्रपति ट्रम्पको फोनवार्ता



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग टेलिफोन वार्ता गरेका छन् । ह्वाइट हाउसका प्रवक्ता होगन गाइडलीका अनुसार राष्ट्रपति ट्रम्पले भारतीय र पाकिस्तानी प्रधानमन्त्रीलाई कश्मीरमा जारी तनाव घटाउन आग्रह गरेका छन् ।

ट्रम्पले ट्वीटरमा यसबारे जानकारी दिदैं भनेका छन्, ‘मेरा असल मित्र भारतका प्रधानमन्त्री मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग व्यापार, रणनीतिक साझेदारी र सबैभन्दा महत्वपूर्ण कश्मीर मुद्दामा जारी तनाव कम गर्ने विषयमा कुरा भयो, यो कठिन समय हो तर कुराकानी राम्रो भयो ।’

कश्मीर विवादका कारण भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै मुलुकका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका हुन् ।