१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा यसवर्ष धान उत्पादन घट्यो



अ+ अ-

रत्ननगर । चितवनमा यसवर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार यस वर्ष २२ हजार ९२७ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा ९३ हजार ३१२ मेट्रिक टन उत्पादन भएको छ । धान उत्पादनमा यस वर्ष ६८८ मेट्रिक टनले कमी आएको छ । गत वर्ष सोही क्षेत्रफलमा ९४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष धानको औसत उत्पादकत्व ४.०७ मेट्रिक टन प्रति हेक्टर रहेको छ भने गत वर्ष ४.१० प्रतिशत थियो । चितवनलाई धानको भण्डार नै मानिन्छ । यहाँ सावित्री, वार र सावा धान धेरै लगाइन्छ । इच्छाकामना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा धान पर्याप्त उत्पादन हुन्छ ।

 विशेष गरी भरतपुर महानगर र खैरहनी नगरपालिका धान खेती धेरै गरिन्छ । पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी धान उत्पादन हुने गर्छ । चितवनको पश्चिमी क्षेत्र शिवनगर, गीतानगर, जगतपुर, मेघौलीलगायतका क्षेत्रमा पनि पर्याप्त धान उत्पादन हुन्छ ।

चितवनमा कूल खेतीयोग्य जमिन ४६ हजार ३०० हेक्टर छ । जसमा २२ हजार ९२७ हेक्टरमा मात्र धानखेती गरिन्छ । धानको उत्पादन घट्नुमा यस वर्ष डुबान प्रमुख कारण रहेको पुनले बताउनुभयो । यस वर्ष डुबानकै कारण कूल क्षेत्रफलको १२ प्रतिशत क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको छ ।
 
यस्तै धान उत्पादन घट्नुका अरु कारणमा धानको फूल खेल्ने बेलामा निरन्तर पानी परिरहँदा परागशेचनमा समस्या हुनु, गबरो तथा फड्के करिाको प्रकोपमा वृद्धि हुनु, न्यून उन्नत बीउको प्रयोग नुहुनु पनि कारण रहेको पुनले बताउनुभयो । किसानले उत्पादन घट्नुका कारण धानखेतीले समयमा समयमा मल नपाउनु, किसानले उन्नत बीउ नपाउनु र सिँचाइको सुविधा पुग्न नसक्नु भएको बताएका छन् । रासस