१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा यसवर्ष धान उत्पादन घट्यो



अ+ अ-

रत्ननगर । चितवनमा यसवर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार यस वर्ष २२ हजार ९२७ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा ९३ हजार ३१२ मेट्रिक टन उत्पादन भएको छ । धान उत्पादनमा यस वर्ष ६८८ मेट्रिक टनले कमी आएको छ । गत वर्ष सोही क्षेत्रफलमा ९४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष धानको औसत उत्पादकत्व ४.०७ मेट्रिक टन प्रति हेक्टर रहेको छ भने गत वर्ष ४.१० प्रतिशत थियो । चितवनलाई धानको भण्डार नै मानिन्छ । यहाँ सावित्री, वार र सावा धान धेरै लगाइन्छ । इच्छाकामना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा धान पर्याप्त उत्पादन हुन्छ ।

 विशेष गरी भरतपुर महानगर र खैरहनी नगरपालिका धान खेती धेरै गरिन्छ । पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी धान उत्पादन हुने गर्छ । चितवनको पश्चिमी क्षेत्र शिवनगर, गीतानगर, जगतपुर, मेघौलीलगायतका क्षेत्रमा पनि पर्याप्त धान उत्पादन हुन्छ ।

चितवनमा कूल खेतीयोग्य जमिन ४६ हजार ३०० हेक्टर छ । जसमा २२ हजार ९२७ हेक्टरमा मात्र धानखेती गरिन्छ । धानको उत्पादन घट्नुमा यस वर्ष डुबान प्रमुख कारण रहेको पुनले बताउनुभयो । यस वर्ष डुबानकै कारण कूल क्षेत्रफलको १२ प्रतिशत क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको छ ।
 
यस्तै धान उत्पादन घट्नुका अरु कारणमा धानको फूल खेल्ने बेलामा निरन्तर पानी परिरहँदा परागशेचनमा समस्या हुनु, गबरो तथा फड्के करिाको प्रकोपमा वृद्धि हुनु, न्यून उन्नत बीउको प्रयोग नुहुनु पनि कारण रहेको पुनले बताउनुभयो । किसानले उत्पादन घट्नुका कारण धानखेतीले समयमा समयमा मल नपाउनु, किसानले उन्नत बीउ नपाउनु र सिँचाइको सुविधा पुग्न नसक्नु भएको बताएका छन् । रासस