काठमाडौं । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
योजना आयोगमा कार्यरत सुब्बा बच्चु केसीले आत्महत्या गरेका काठमाडौं प्रहरी परिसरका प्रवता डीएसपी होबिन्द्र बोगटीले बताए।
मृतक केसीको शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएको डीएसपी बोगटीले बताए। फरेन्सिक चिकित्सक ल्याएर घटनाको थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए।
उनि सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।
अहिले शव भेटिएको आयोग परिसर सिल गरिएको छ। राष्ट्रिय योजना आयोग मन्त्रालय तथा अन्य महत्वपूर्ण सरकारी कार्यालयहरू रहेको सिंहदरबारभित्र छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।