५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशासन कार्यालयको सेवा विस्तार



अ+ अ-

नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–पश्चिम) ले सेवा प्रवाहलाई थप चुस्त–दुरुस्त पार्न विभिन्न सेवा विस्तार गरेको छ । कार्यालयभित्रै महिला सेवाग्राहीलाई लक्षित गरी छुट्टै स्तनपान कक्ष, डिजिटल नागरिक वडा पत्र, प्राथमिकताका आधारमा सेवा प्रवाह लगायतका सेवा कार्यालयले विस्तार गरेको हो ।

समयसापेक्ष सेवाग्राहीको सेवालाई थप प्रभावकारी गराउन कार्यालयले विभिन्न काम गरेको प्रजिअ शम्भुप्रसाद मरासिनीले जानकारी दिए । कार्यालयले प्रदान गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप सेवा विस्तार गरेको बताइएको छ ।

क्रमशः अन्य सेवा विस्तार गरिने र आवश्यकताअनुसार कर्मचारीसँग कार्य सम्पादन सम्झौतासमेत आफूले गरेको प्रजिअ मरासिनीले बताए ।