११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभिसी सेन्ट्रल जोन भलिबलमा तीन खेल हुँदै



अ+ अ-

काठमाडौँ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुँदैछ । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने उक्त प्रतियोगिताअन्तर्गत पहिलो खेलमा समूह ‘बी’ को बङ्गलादेश र सोही समूहको अफगानिस्तानबीच खेल हुनेछ ।

खेल ३ बजेपछि शुरु हुनेछ । हिजो भएको पहिले खेलमा ती दुवै टोली पराजित भएका थिए । अफगानिस्तान तुर्कमेनिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो भने बङ्गलादेश उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । त्यस्तै आजै हुने दोस्रो खेलमा समूह ‘बी’ मा नै रहेको तुर्कमेनिस्तान र उज्वेकिस्तानबीच हुनेछ ।

खेल ५ बजेपछि शुरु हुनेछ । प्रतियोगितामा दुवै टोली लगातार दोस्रो जीत निकाल्ने दाउमा हुनेछन् । आजै हुने तेस्रो तथा अन्तिम खेलमा समूह ‘ए’मा रहेको कीर्गिस्तान र माल्दिभ्सबीच खेल हुनेछ । खेल ७ बजेपछि हुनेछ । सोमबार भएको पहिलो खेलमा कीर्गिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।