काठमाडौं । सत्तारुढ दलका सांसद विरोध खतिवडाले काठमाडौं उपत्यकामा चोरी पैठारीका राँगाभैैसी भित्रने गरेको भन्दै त्यसबारे सम्बन्धित निकायको ध्यान जान नसकेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले वीरगञ्ज नाकाबाट गत चैत महिनायता एउटा पनि राँगा भैसी नभित्रिएपनि काठमाडौंमा राँगाभैसीको अभाव नहुनुले चोरी निकासीबाट भित्रने गरेको दावी गरे ।
उनले भने, ‘काठमाडौंमा ममचा छोयलको अभाव छैन । वीरगञ्ज भन्सारबाट दश हजार राँगाभैसी आउँथे । तर गत चैत महिनादेखि एउटा पनि आएका छैनन् ।’
पशुको स्वास्थ्य जाँच गरिएको छैन । यस्तो लापरवाही किन भयो ?’ । उनले वीरगञ्ज नाकाबाट रागाभैंसी ल्याउँदा प्रतिगोटा ८५६ रुपैयाँ राजस्व समेत जम्मा हुन छोडेको बताए । ‘पशु क्वारेन्टाइनले रागाभैसीको सिगान पुछेर पठाउथ्यो,त्यो पनि गरेको छैन । तर काठमाडाँैमा राँगाभैसीको अभाव छैन । यसको मतलव त्यो चोरीबाटोबाट आएको छ ।