१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको सडकमा रवि समर्थकले गैरसंवैधानिक खालको नारा लगाएः नेकपा सांसद



अ+ अ-

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको विषय मंगलबार प्रतिनिधिसभामा पनि उठेको छ । पत्रकार शालिकाराम पुडासैनी आत्महत्याको विषयमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने सांसदहरुले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद हितबहादुर तामाङले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए ।

‘अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा गैरसंवैधानिक खालको नारा लाग्न थालेको पनि सुन्न आएको छ । त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार लागि परोस्’ उनले भने, ‘राज्यले कुनै पक्षबाट पनि प्रभावित नभइ निष्पक्ष रुपमा छानबिन गर्नुपर्छ ।’

त्यस्तै नेकपा सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको बताइन् । ‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन’ उनले भनिन्, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ । तर, लामिछाने पक्राउको बिरोधमा चितवनको सडकमा दैनिकजसो नाराबाजी भइरहेको छ ।