५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै अग्लो मानववस्तीमा ‘डोल्पो महोत्सव’



अ+ अ-

सुर्खेत । विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानववस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको तरापस्थित क्रिष्टल माउन्टेन विद्यालय प्राङ्गणमा यही भदौ २४–२८ गतेसम्म सो महोत्सव आयोजना गरिने महोत्सव मूल आयोजक समितिका संयोजक ग्याल्पो थापा भोटेले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

उनले ‘दर्शन डोल्पोको, आर्जन शान्ति’ भन्ने मूल नारासहित महोत्सव आयोजनाका साथै उक्त विद्यालयको रजत जयन्ती गरिने बताए । “डोल्पाको समग्र क्षेत्रको विकासमा डोल्पावासीले सामना गर्नुपरेको चुनौतीका बारेमा सरकारको ध्यानाकृष्ट गराउनु हाम्रो पहिलो उद्देश्य हो,” उनले भने, “नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनु र यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनु दोस्रो उद्देश्यसहित जिल्लाको धार्मिक, सांस्कृतिक र सामाजिकसहित विविध कलाहरु महोत्सवमा प्रदर्शन गरिने छ” कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त महोत्सवले कर्णाली प्रदेशको पर्यटन आकर्षक गराउने विचार व्यक्त गरे ।

“डोल्पा सबैखाले पर्यटनको धनी ठाउँ हो,” उहाँले भन्नुभयो, “डोल्पाको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।” नेपाली काङ्ग्रेस, प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले पर्यटन विकास अर्थतन्त्र बलियो बनाउने प्रमुख आधार मध्येको एक भएको बताए ।
महोत्सवमा करीब रु एक करोड १० लाख खर्च हुने अनुमान गरिएको छ ।

सो अवधिमा डोल्पा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको प्राकृतिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय स्थलहरुको पैदल अवालोकन गराइने जनाइएको छ ।