५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै अग्लो मानववस्तीमा ‘डोल्पो महोत्सव’



अ+ अ-

सुर्खेत । विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानववस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको तरापस्थित क्रिष्टल माउन्टेन विद्यालय प्राङ्गणमा यही भदौ २४–२८ गतेसम्म सो महोत्सव आयोजना गरिने महोत्सव मूल आयोजक समितिका संयोजक ग्याल्पो थापा भोटेले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

उनले ‘दर्शन डोल्पोको, आर्जन शान्ति’ भन्ने मूल नारासहित महोत्सव आयोजनाका साथै उक्त विद्यालयको रजत जयन्ती गरिने बताए । “डोल्पाको समग्र क्षेत्रको विकासमा डोल्पावासीले सामना गर्नुपरेको चुनौतीका बारेमा सरकारको ध्यानाकृष्ट गराउनु हाम्रो पहिलो उद्देश्य हो,” उनले भने, “नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनु र यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनु दोस्रो उद्देश्यसहित जिल्लाको धार्मिक, सांस्कृतिक र सामाजिकसहित विविध कलाहरु महोत्सवमा प्रदर्शन गरिने छ” कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त महोत्सवले कर्णाली प्रदेशको पर्यटन आकर्षक गराउने विचार व्यक्त गरे ।

“डोल्पा सबैखाले पर्यटनको धनी ठाउँ हो,” उहाँले भन्नुभयो, “डोल्पाको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।” नेपाली काङ्ग्रेस, प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले पर्यटन विकास अर्थतन्त्र बलियो बनाउने प्रमुख आधार मध्येको एक भएको बताए ।
महोत्सवमा करीब रु एक करोड १० लाख खर्च हुने अनुमान गरिएको छ ।

सो अवधिमा डोल्पा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको प्राकृतिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय स्थलहरुको पैदल अवालोकन गराइने जनाइएको छ ।