१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुरी देखाएर प्रधानमन्त्री ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने युवक पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका सागर क्षेत्री रहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गरेको आरोपमा क्षेत्रीलाई बाराबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाकाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका क्षेत्रीलाई आजै काठमाडौं ल्याइँदै छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार नुवाकोटका पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै नेतालाई अपशब्द बोलेपछि क्षेत्रीलाई पक्राउ गरिएको हो ।