१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

युरोपका बिरामी पनि उपचारका लागि नेपाल आउँछन्: स्वास्थ्यमन्त्री यादव

युरोपका बिरामी पनि उपचारका लागि नेपाल आउँछन्: स्वास्थ्यमन्त्री यादव
अ अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले युरोपका बिरामी पनि उपचार गर्न नेपाल आउने गरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभामा मंगलबार सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उपप्रधानमन्त्री यादवले धेरै रोगको विश्वस्तरको उपचार नेपालमा सम्भव रहेको बताए ।

‘नेपालका अस्पतालमा एसियामात्र होइन, युरोपका विरामी पनि आएका छन्’ विराटनगर, लाहान र नेपालगञ्जमा आँखाका विरामी ८० प्रतिशत भन्दा बढी बाहिरबाट आएका छन्’ उनले भने ।

यसअघि नेमाकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालसँग नभएको हो भनी प्रश्न गरेका थिए । उनले केही उपकरण किनेर सिंगापुरका डाक्टरलाई यहाँ बोलाएर उपचार गर्न सकिने मत पनि रहेको भन्दै मन्त्रीसँग जवाफ मागेका थिए ।

सिंगापुरमा उपचारका लागि साउन १८ गते त्यसतर्फ गएका प्रधानमन्त्री केपी शर्मा ओली साउन २७ गते फर्किएका छन् । उनी फेरि उपचारका लागि त्यसतर्फ जाँदैछन् ।

जवाफमा उपप्रधानमन्त्री यादवले प्रधानमन्त्रीलाई डाक्टरहरुले सिंगापुरमै उपचार गर्न सिफारिस गरेकाले सिंगापुर गएको बताएका छन् ।

उपप्रधानमन्त्री यादवले नेपालमा नेपालमा धेरै रोगको उपचार सम्भव भए पनि प्रधानमन्त्री भने डाक्टरको सिफारिसमा सिंगापुरमा उपचार गराएको बताए ।