५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शल्यक्रिया गरेका बिरामीको मृत्युपछि अस्पतालमा नाराबाजी



अ+ अ-

धनगढी । धनगढीस्थित निर्सग अस्पतालमा शल्यक्रिया गरेका बिरामीको मृत्यु भएपछि तनाव भएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका–१२ ओदालीका ५० वर्षीय मदनसिंह भण्डारीको मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त भएको हो।

भण्डारीलाई सोमबार बिहान ७ बजे पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना गरेको थियो। उनको दिउँसो साढे ३ बजे पित्तथैलीको अप्रेसन गरिएको थियो।

डाक्टर निराज आलम अन्सारको समूहले अप्रेसन गरेका हुन्। उनको सोमबार राति १२ बजेतिर मृत्यु भएपनि आफन्तलाई मंगलबार दिउँसो मात्र अस्पताल प्रशासनले जानकारी दिएको हो ।


अस्पताल सञ्चालक समितिका सदस्य कुवेर शाहीले अप्रेसनपछि हृदयघातका कारण बिरामीको मृत्यु भएको जानकारी दिएका छन्।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन्।अस्पातल गेटमा अहिले बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।