५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानका पूर्व राष्ट्रपतिले साउदी अरबबाट लाखौँ डलर लिएको आरोप



अ+ अ-

एजेन्सी । भ्रष्टाचारको मुद्धा खेपिरहेका सुडानका पूर्व राष्ट्रपति ओमर अल बशीरले साउदी अरबबाट लाखौँ डलर लिएको आरोप लागेको छ । सुडानका एक गुप्तचार अधिकारीले साउदी अरेबियाबाट बशीरले लाखौं डलर लिएको रहस्य खोलेका हुन् । सोमबार भ्रष्टाचारको आरोपको सामना गर्न बशीर अदालतमा उपस्थित भएका थिए ।

महिनौ लामो विरोध प्रदर्शनपछि गत अप्रिलमा बशीरलाई सत्ताच्यूत गरिएको थियो । बशीर झण्डै तीन दशकसम्म लगातार सुडानको सत्तामा थिए । उनका वकिलले भने बशीरमाथि लगाइएका उक्त अभियोग अधारहीन भएको दाबी गरेका छन् ।

गत जुन महिनामा बशीरको निवासबाट अन्न राख्ने बोरामा ठूलो परिमाणको विदेशी रकम फेला परेको दावी अनुसन्धानकर्ताले गरेका छन् । लोकतन्त्र समर्थक र बशीरलाई सत्ताच्युत गरेका सैनिक नेतृत्वबीच छिटै निर्वाचन गराउने एउटा सहमति पत्रमा आइतबार मात्रै हस्ताक्षर भएको थियो । प्रहरी अनुसन्धानकर्ता अहमद अली मोहम्मदका अनुसार बशीरले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानबाट २.५ करोड डलर लिएको छ ।

उनले भनेको छन्, ७५ वर्षीय पूर्व राष्ट्रपति बशीरले साउदी अरेबियाबाट अरु पनि रकम लिएका छन् । बशीरसँग भएको धन अवैध हो भन्नेबारे कुनै ठोस प्रमाण र सूचना नभएको बशीरका वकिलले बताएका छन् । सेतो पहिरन लगाएर टाउकोमा फेटा बाँधेका पूर्व राष्ट्रपति बशीर अदालतको पछाडि गेटमा देखा परेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बशीरले आफूमाथि लगाइएको अभियोगकोबारेमा कुनै टिप्पणी गरेनन् ।