१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

रविका समर्थकहरुले काठमाडौंको माइतिघरमा पनि गरे नाराबाजी

रविका समर्थकहरुले काठमाडौंको माइतिघरमा पनि गरे नाराबाजी
अ अ+ अ-

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाको पक्राउको बिरोधका आज काठमाडौंमा प्रर्दशन गरिएको छ ।

काठमाडौंको माइतिघरमा जम्मा भएका रविका समर्थकहरुले लामिछाने, पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको रिहाइको माग गरेका छन् । उनिहरुले लामिछाने लगायतका समूहलाई राज्यले फसाउने खेल खेलेको भन्दै सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् ।

उनिहरुले रवि आउँ देश बचाउँ, रवि दाई जिन्दबाद, नेकपा सरकार मुर्दाबाद र केपी ओली राजीनमा दे लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारीले चितवनका एसपी दानबहादुर मल्लको बर्खास्तीको माग गरेका छन् । उनीहरुले एसपी मल्लले आफुलाई प्राप्त भिडियोमाथि अनुसन्धान गर्नुको सट्टा मिडियालाई दिएर गलत गरेको भन्दै उनको बर्खास्तीको माग गरेका हुन् ।

उता लामिछानेसहित तीनजनालाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । मंगलबार बिहान १० बजे नै सरकारी वकिल कार्यालयबाट प्रवेश गराई अदालत लगिएको हो ।

चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए । एसपी मल्लले पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरुसहित म्याद थपका लागि अदालतमा पेस गरिएको बताए ।

अदालत पेस गरिएकोमा लामिछानेसहित न्यूज २४ मा कार्यरत पत्रकार युवराज कँडेल, र रुकु भनिने अस्मिता कार्की छन् । उनीहरुलाई पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोग लागेको छ ।

जिल्ला न्यायाधीश केशव अधिकारीको इजालासमा बहस हुँदैछ ।सरकारी वकिल कार्यालयले पक्राउ परेका लामिछाने र अन्य दुई जनासँग सोमबार वयान लिएको थियो ।

अदालत परिसर बाहिर लामिछानेका समर्थकहरु भेला भएका छन् । अदालतको गेट बाहिर भेला भएको भीडका कारण सो सडक भएर यात्रा गर्नेहरुलाई समस्या भएको छ ।मालपोत चोकदेखि चौबीसकोठीसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।