१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

‘भागबण्डामा पदाधिकारी नियुक्तिले प्राज्ञिक छवि ध्वस्त’

‘भागबण्डामा पदाधिकारी नियुक्तिले प्राज्ञिक छवि ध्वस्त’
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा काठमाडौँ उपत्यकाको सडकको अवस्था, विश्व विद्यालयका पदाधिकारीको नियुक्ति, कर्मचारी भर्नामा समानुपातिक र समावेशी सिद्धान्तलगायतका विविध विषयबारे सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले तुलानात्मक सुधार भए पनि सन्तोष गर्ने अवस्था नभएकाले काठमाडौँ उपत्यकाभित्रका सडक सुधारमा आवश्यक ध्यान पुर्याउन सरकारलाई सुझाव दिए।

उनले भने, “कलङ्की–नागढुङगा क्षेत्रमा क्षतिपूर्तिसम्बन्धी माग सम्बोधन हुन नसक्दा सडक विस्तार कार्य अघि बढन सकेको छैन, चावहिल–जोरपाटी क्षेत्रको सडकले राज्यलाई जिस्क्याइ रहेको छ ।” उपत्यकालाई वातावरण मैत्री बनाउन यहाँका सडकमा अनिवार्य रुपमा साइकल लेनको व्यवस्था गरिनुपर्ने उनको सुझाव थियो ।

सांसद भिमसेनदास प्रधानले भागबण्डाका आधारमा विगतमा पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिले विश्वविद्यालयको प्राज्ञिक छवि ध्वस्त भएको हुँदा अब प्राज्ञिक र ज्येष्ठताका आधारमा पदाधिकारीको नियुक्ति गर्ने व्यवस्था होस् भने । सांसद अमृता अग्रहरिले सरकारले तराई मधेशका जनताको आवाजलाई सम्वोधन गर्न नसकेको आरोप लगाउँदै तराई मधेश आन्दोलनको सत्यतथ्यका लागि गठन भएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनको माग गरे ।

सांसद प्रदीप यादवले लोकसेवा आयोगले संविधानको भावना, सामानुपातिक र समावेशी सिद्धान्त विपरीत निकालेको विज्ञापन खारेजीको माग गरे । सांसद रेनुका गुरुङले काठमाडौँ तराई द्रूतमार्गलाई अघि बढाउन विस्तृत परियोजना प्रतिवेदन९ डिपीआर० नहुँदा अप्ठेरो परेकाले छिटो स्वीकृतिका लागि ध्यानाकर्षण गराए ।

सांसद तेजुलाल चौधरीले कोशी ब्यारेज बनाउँदा प्रभावित भएका सुनसरी, सप्तरी र उदयपुरका पीडित किसानलाई अहिलेसम्म क्षतिपूर्ति उपलब्ध गराउने काम किन भएन भनी प्रश्न गर्दै यथाशीघ्र पीडितको माग सम्बोधन होस् भने । सांसद राजेन्द्र गौतमले बाढीपहिरो र डुबानबारे संसदीय समितिले गरेको अध्ययन प्रतिवेदन अपूरो र अधूरो रहेकाले सच्याएर ल्याउन सुझाव दिए ।

सांसद देवप्रसाद तिमिल्सिनाले संसद्कै शून्य र विशेष समयमा उठाइएका विषयलाई सम्बोधन हुने व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराउँदै जुम्लामा विद्युत् सञ्चालन गर्ने तर्फ सरकारको ध्यान जाओस् भने । सांसद कल्याणी खड्काले नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय पक्षले गरेको अग्लो बाँधले वर्षेनी रौतहटका दक्षिणी भागका धेरै जसो जलमग्न भई नेपालीले सास्ती खेप्नु परेकोतर्फ राज्यले विशेष चासो दिन आवश्यक छ भने ।

सांसद नारायणप्रसाद खतिवडाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका विषयमा भइरहेको अनुसन्धानलाई प्रभावित हुने ढङ्गबाट क्रियाकलाप भइरहेको बताए । सांसद प्रेम सुवालले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापन फिर्ता लिन सरकारलाई सुझाव दिए ।