५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हातहतियार खरखजाना मुद्दामा फरार अभियुक्त पक्राउ



अ+ अ-

रौतहट । हातहतियार खरखजना मुद्दामा फरार रहेका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का ४२ वर्षीय रामएकवाल सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । हातहतियार खरखजाना मुद्दामा फरार रहेका सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् ।

भूमिगत तराई मुक्ति मोर्चाका हतियारधारी समूहमध्येका सहनीले २०६७ सालमा सर्लाहीमा प्रहरीमाथि गोली हानेर ५४ एमएमको चाइनिज पेस्तोल लुटेर फरार भएका थिए । सो घटनामा संलग्न रहेका पाँच जनाको समूहमध्ये दुर्गा भगवती गाउँपालिका–२ स्थितबाट प्रहरीले दुई जनाको साथबाट कटुवा पेस्तोल एक, गोली एक, खोका दुई थान फेला पारी नियन्त्रणमा लिएको थियो ।

हातहतियार खरखजाना मुद्दामा फरार रहेका सहनीलाई भने सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका सहनीलाई हातहतियार खरखजना मुद्दामा आवश्यक कारवाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइने प्रहरी निरिक्षक नायकले बताए ।

यसैगरी नेपालबाट अवैध रुपमा भारततर्फ अवैध मदिरा (सौफी) लैजाने क्रममा ईशनाथ नगरपालिका–४ का ४५ वर्षीय उपेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन १६ गते इशनाथ नगरपालिका–४ स्थित ठूलो लतमरी चौकमा एनएल–०७–७२३६ भारतीय नं प्लेटको बोलेरो गाडी र नं नखुलेको पाँच वटा मोटरसाइकलमा ‘सौफी’ नामक रक्सी लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

उक्त सोफी रक्सीको कारोबार गर्ने सञ्चालक साह फरार रहेकामा पक्राउ गरी उनलाई गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।