१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

हातहतियार खरखजाना मुद्दामा फरार अभियुक्त पक्राउ

हातहतियार खरखजाना मुद्दामा फरार अभियुक्त पक्राउ
अ अ+ अ-

रौतहट । हातहतियार खरखजना मुद्दामा फरार रहेका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का ४२ वर्षीय रामएकवाल सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । हातहतियार खरखजाना मुद्दामा फरार रहेका सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् ।

भूमिगत तराई मुक्ति मोर्चाका हतियारधारी समूहमध्येका सहनीले २०६७ सालमा सर्लाहीमा प्रहरीमाथि गोली हानेर ५४ एमएमको चाइनिज पेस्तोल लुटेर फरार भएका थिए । सो घटनामा संलग्न रहेका पाँच जनाको समूहमध्ये दुर्गा भगवती गाउँपालिका–२ स्थितबाट प्रहरीले दुई जनाको साथबाट कटुवा पेस्तोल एक, गोली एक, खोका दुई थान फेला पारी नियन्त्रणमा लिएको थियो ।

हातहतियार खरखजाना मुद्दामा फरार रहेका सहनीलाई भने सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका सहनीलाई हातहतियार खरखजना मुद्दामा आवश्यक कारवाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइने प्रहरी निरिक्षक नायकले बताए ।

यसैगरी नेपालबाट अवैध रुपमा भारततर्फ अवैध मदिरा (सौफी) लैजाने क्रममा ईशनाथ नगरपालिका–४ का ४५ वर्षीय उपेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन १६ गते इशनाथ नगरपालिका–४ स्थित ठूलो लतमरी चौकमा एनएल–०७–७२३६ भारतीय नं प्लेटको बोलेरो गाडी र नं नखुलेको पाँच वटा मोटरसाइकलमा ‘सौफी’ नामक रक्सी लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

उक्त सोफी रक्सीको कारोबार गर्ने सञ्चालक साह फरार रहेकामा पक्राउ गरी उनलाई गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।