१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

साँगु–चरिकोट सडक मर्मत नहुँदा समस्या

साँगु–चरिकोट सडक मर्मत नहुँदा समस्या
अ अ+ अ-

चरिकोट । लामोसाँगु जिरी सडकखण्डअन्तर्गत लामोसाँगुदेखि चरिकोटसम्मको सडक खण्डमा निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा दोलखा र सिन्धुपाल्लचोकका नागरिकले वर्षाको समय कष्ट व्यहोर्दै आउनु परेको छ । दुई वर्षमा काम सम्पन्न गरी हस्तान्तरण गर्ने गरी २०७२ साल भदौ महीनामा सम्झौता भएको सडक खण्ड पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकाले यहाँका बासिन्दा जोखिम मोलेरै पनि यात्रा गर्न बाध्य भएका हुन् ।

ठेकेदार कम्पनीले विभिन्न बहाना बनाई निर्माण गर्दागर्दैको काम रोकेकाले वर्षाको समयमा दोलखादेखि राजधानी काठमाडौँ जोडने एक मात्र उक्त सडक खण्ड अस्तव्यस्त बन्नाका साथै सडकमै पानीसमेत बहने भएको छ । लामोसाँगुदेखि चरिकोटसम्मको ५५ किमीको सडक दुई वर्षभित्र ‘डलब लेन’को बनाई हस्तान्तरण गर्ने गरी दुई निर्माण कम्पनीको बोलपत्र स्वीकृत भएको थियो ।

लामोसाँगुदेखि मुडेसम्म सीमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ती जेभी र मुढेदेखि चरिकोटसम्म शकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ती जेभी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो । दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता भए पनि सडक निर्माणको जिम्मा लिएको दुवै कम्पनीले पाँच वर्ष बितिसक्दा पनि विभिन्न बहानामा काम रोक्दै आएका छन् ।

भारतीय एक्जिम बैङ्कको रु एक अर्ब २४ करोड ऋण सहयोगमा निर्माण हुन लागेको खाडिचौर–चरिकोट सडक खण्ड वर्षाको समयमा कटिङ मात्र गरी काम छाडेका कारण दोलखामा सञ्चालन हुने दैनिक सयौँ यात्रुवाहक सवारी साधन बीच बाटोमा नै अलपत्र पर्ने गरेको छ । चरिकोटदेखि खाडीचौरसम्म ५५ किमीको यात्रा गर्न अहिले दैनिक आठ–नौ घण्टासम्म लाग्ने गरेको यात्रुहरुको गुनासो छ् ।

दोलखादेखि काठमाडौंसम्म जानका लागि वैकल्पिक राजमार्ग नहुँदा सोही राजमार्गबाट यात्रा गर्न बाध्य रहेका सवारी साधानलाई डोजर र स्काभेटरले तानेर पार गराउनुपर्ने बाध्यता रहेको सम्बद्ध सवारी चालकको गुनासो छ । निर्माण कम्पनीलाई समयमा नै काम गर्नका लागि पटक पटक ताकेता गर्दा पनी बेवास्ता गरेको भन्दै चरिकोट सडक डिभिजन कार्यालयले दैनिक जरिवाना गर्न थालेको छ ।

सीमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ती जेभीले अहिले रु दैनिक तीन लाखका दरले र शकिल हेदर, शङ्करमाली, सुनौला खिम्ती जेभीले दैनिक चार लाखका दरले हर्जाना तिरिरहेको आयोजना प्रमुख धमेन्द्रकुमार झाले बताउनुभयो । काम सम्पन्न भएको ठाँउको समेत उक्त कार्यालयले भुक्तानी रोकेकाले काम गर्ने वातावरण नरहेको निर्माण कम्पनको गुनासो छ तर मापदण्डअनुसार गुणस्तरीय काम नभएकाले भुक्तानी रोकिएको आयोजना प्रमुख झाले बताए ।

सांसद पार्वत गुरुङले निर्माण कम्पनीले काम अलपत्र पार्दा दोलखाका नागरिकले कष्ट व्यहोर्नु परेकाले निर्माण काम सम्पन्न गर्न समय थप भएकाले यसका लागि सहजीकरण भइरहेको बताए ।

बिरामीका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता

राजधानी जोडिने एक मात्र सडक निर्माण अलपत्र परेका कारण जटिल प्रकारका बिरामीका लागि हेलिकप्टरको चार्टर गरी काठमाडौं उपचार गर्न लैजानुपर्ने बाध्यता छ । जिल्लामा ‘आइसियुसहित’को अस्पताल नभएको र जटिल खालका रोगीहरुलाई बाटोकै कारणले गर्दा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता भएको छ भने हेलिकप्टर चार्टर गर्न नसक्नेले सुविधासम्पन्न अस्पतालमा पुर्याउन नसक्दा कतिपयको अकालमै मृत्यु हुने गरेको छ ।