५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय सम्पदा तथा गतिविधिको प्रवर्द्धनमा सामाजिक संजालको अधिक उपयोग गर्ने निर्णय



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय सम्पदा तथा गतिविधिको प्रवर्द्धनमा सामाजिक संजालको अधिक उपयोग गर्ने भएको छ ।

सोमबार मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत सूचना अधिकारी, प्रवक्ता तथा सामाजिक संजाल हेर्ने अधिकृतसँग भएको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यस्तो निर्णय गरेका हुन्।

छलफलमा भएको निर्णयअनुसार अब पर्यटन मन्त्रालय र यस मातहतका निकायले दिनभर भएका महत्वपूर्ण जानकारी तथा विषयलाई सामाजिक संजालबाट सबैले हेर्न सक्ने गरी सार्वजनिक गर्ने छ ।

यता सूचना आदानप्रदानका लागि सामाजिक संजालमा ग्रुपहरु बनाउने निर्णयसमेत भएको छ । साथै, सबै निकायले यूट्यूव अकाउण्ट खोलेर भिडियोमार्फत आफ्नो गतिविधि सार्वजनिक गर्ने भनिएको छ ।

मन्त्रालय तथा मातहतका निकायका वेवसाईट, सामाजिक संजालमा नेपाल भ्रमण वर्षलाई मूख्य रुपमा प्रचार प्रसार गर्ने निर्णयसमेत मन्त्रालयले गरेको छ ।