५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक



अ+ अ-

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक लगाएको छ ।

जहाजमा राखिएका पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि तत्काल जहाजहरु ग्राउण्डेड गर्ने निर्णय भएको प्राधिकरण स्रोतले जानकारी दियो ।

आइतबार र सोमबार जाँच गरिएकोमा जहाजमा प्रयोग भएका पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणले खतरापूर्ण पाइएको हो । यस कम्पनीसँग ४ वटा जहाज रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले मंगलबार सिम्रिकका उडान रद्द भएको पुष्टि गरे ।