५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मिथले एसेज सिरिजको तेस्रो टेस्ट नखेल्ने



अ+ अ-

काठमाडौं । अस्ट्रेलिया ब्याट्सम्यान स्टिभ स्मिथ एसेज सिरिजको तेस्रो टेस्ट गुमाउने भएका छन्। दोस्रो टेस्टका दौरान घाइते भएका उनी तेस्रो टेस्टमा पर्न असफल भएका छन्।

दोस्रो टेस्टका दौरान स्मिथ इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको बाउन्सर बल लागेर घाइते भएका थिए। चौथो दिनको दौरान घाइते भएर रिटायर्ड हर्ट भएका उनी फेरि मैदान उत्रिएका थिए।

स्मिथको सट्टामा अब मार्नुस लबुसचेन्जले खेल्नेछन्। स्मिथले पहिलो सिरिजमा १४२ र १४४ रन बनाएका थिए। दोस्रो सिरिजको पहिलो इनिङमा ९२ रनमा आउट भएका उनी दोस्रो इनिङमा भने खेल्न सकेनन्।