७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुको तौलिहवामा तीन लाख रुपैयाँ लुटपाट



अ+ अ-

बुटवल । कपिलवस्तुको तौलिहवामा एक जनाको तीन लाख रुपैयाँ लुटपाट भएको छ।

कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित राष्ट्रिय वाणिज्य बैंकबाट रकम निकालेर लैजाँदै गरेको अवस्थामा अपरिचित समूहले उक्त रकम लुटेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार बुद्धभूमि नगरपालिका वडा नम्बर १० का रामकुँवेर धोबीले बैंकबाट निकालेर लैजाँदै गरेको तीन लाख रुपैयाँ लुटिएको जानकारी दिए।