११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी सरकार अधिनायकवादतर्फ उन्मुख छ: माेहन बहादुर बस्नेत



अ+ अ-


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेकाे आरोप लगाएका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै बस्नेतले सरकारले मिडिया काउन्सिल विधेयक पनि प्रेसविरोधी ल्याउन लागेको आरोप लगाए ।
उनले विश्वबाट लोप हुँदै गएको कम्युनिष्ट नेपालमा दुई तिहाईको सरकार बनाउन सफल भएपनि एकपछि अर्काे जनविराेधी काममा व्यस्त रहेकाे बताए ।
उनले भने, ‘हामीले संघीय संविधानलाई स्वीकारेका छौं । प्रधानमन्त्रीले सुरक्षा परिषद गठन गरेर प्रशासनलाई आफ्नो नियन्त्रणमा लिन खोज्नुभयो । मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारहरुलाई विभिन्न आरोप लगाएर १० वर्षसम्म जेल सजाय दिन खोजिएको छ ।’

सरकारले संविधानको आडमा बसेर त्यसलाई भत्काउने काम गरेको समेत उनले आरोप लगाए ।
मुलुक संघीय संरचनाअनुसार अघि बढिसकेकोले अब कांग्रेस पनि सोही मर्म र भावानाअनुसार अगाडि बढ्ने उनले विश्वास दिलाए ।

उनले पार्टीको संरचनालाई स्थानीय, प्रदेश र संघ गरी तीनै तहमा संगठनलाई सुदृढीकरण गर्ने प्रस्ट पारे । नेपाली कांग्रेसले देशभर राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको बताए । त्यस्तै उनले आगामी २०७७ फागुनसम्ममा पार्टीको महाधिवेशन गरिसक्ने बताए । उनले पार्टीले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गर्न जानेको बताए ।

बस्नेतले यही भदौ २४ गतेबाट पार्टीले दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने पनि जानकारी दिए । उनकाअनुसार सरकारले गरेका सबैखाले गलत कामकारकाहीलाई जनतासामू सुसुचित गर्नको लागि पनि यो अभियान महत्वपूर्ण साबित हुन्छ । बस्नेतले मुलुकले अब कुनैपनि प्रकारको द्वन्द्व पचाउन नसक्ने धारणा राखे ।
मुलुकमा यतिवेला आर्थिक अराजकता सुरु भएको उनको टिप्पणी थियो । जनताले चाहेअनुसार निर्णायक भूमिका निर्वाह गर्ने एकमात्रै पार्टी नेपाली कांग्रेस भएको जनाउँदै उनले आगामी निर्वाचनमा विजयी हासिल गर्ने विश्वास दिलाए ।

नेपाल भारत सम्बन्ध प्रगाढ बनाउनुपर्छ

बस्नेतले भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमणबारे टिप्पणी गर्दै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर र प्रगाढ बनाउनुपर्नेमा जोड दिए । नेपालको राष्ट्रिय झण्डाले झुक्न नपर्ने गरी राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने उनको सुझाव छ । बस्नेतले ‘साथी फेर्न सकिने तर छिमेकी’ फेर्न नसकिने बताए ।

मित्रराष्ट्रसँग सम्बन्ध राख्दा मेरो सरकार ढल्छ वा मेरो पद जान्छ कि भन्ने हिसाबले सम्बन्ध नराख्न पनि उनले सुझाव दिए । छिमेकी कमजोर भयो भने अर्को छिमेकीलाई पनि असर पर्नेतर्फ उनले ध्यानाकार्षण गराए । उनले भने, ‘हामी असल छिमेकी भएर अघि बढ्नुपर्छ ।’