५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू-१५: आज नेपाल र भारत भिड्दै



अ+ अ-

काठमाडौं । पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाली टोलीले आफ्नो पहिलो खेलमा भारतको सामना गर्दै छ ।

उक्त खेल आज (बुधबार) भारतको कल्याणीस्थित कल्याणी रंगशालामा हुनेछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२ः१५ बजेबाट सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

भारतपछि नेपाललेदोस्रो खेलमा अगष्ट २३ मा श्रीलंकासँग, तेस्रो बंगलादेशसँग अगष्ट २७ मा र अन्तिम खेलमा भुटानसँग अगष्ट २९ मा खेल्नेछ।

गत वर्ष नेपालमा आयोजना भएको च्याम्पियनसिपमा बंगलादेशले उपाधि जित्दा नेपाल चौथो भएको थियो।अहिलेसम्म भएको पाँच संस्करणमध्ये नेपाल दुई पटक उपविजेता बनेको थियो।सुरुको तीन संस्करण यू–१६ च्याम्पियनसिपको नाममा भएपछि पछिल्लो दुई संस्करण भने यू–१५ को नामबाट भएको थियो।