५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू-१५: आज नेपाल र भारत भिड्दै



अ+ अ-

काठमाडौं । पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाली टोलीले आफ्नो पहिलो खेलमा भारतको सामना गर्दै छ ।

उक्त खेल आज (बुधबार) भारतको कल्याणीस्थित कल्याणी रंगशालामा हुनेछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२ः१५ बजेबाट सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

भारतपछि नेपाललेदोस्रो खेलमा अगष्ट २३ मा श्रीलंकासँग, तेस्रो बंगलादेशसँग अगष्ट २७ मा र अन्तिम खेलमा भुटानसँग अगष्ट २९ मा खेल्नेछ।

गत वर्ष नेपालमा आयोजना भएको च्याम्पियनसिपमा बंगलादेशले उपाधि जित्दा नेपाल चौथो भएको थियो।अहिलेसम्म भएको पाँच संस्करणमध्ये नेपाल दुई पटक उपविजेता बनेको थियो।सुरुको तीन संस्करण यू–१६ च्याम्पियनसिपको नाममा भएपछि पछिल्लो दुई संस्करण भने यू–१५ को नामबाट भएको थियो।