१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

बिहादीमा केन्द्र सार्ने विषयमा विवाद

बिहादीमा केन्द्र सार्ने विषयमा विवाद
अ अ+ अ-

पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको केन्द्र राख्ने सम्बन्धमा विवाद चुलिएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाको भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेपछि केन्द्र कहाँ राख्ने भन्ने विवाद देखिएको हो । बजेट विनियोजन भएर भवन निर्माण गर्ने बेलामा केन्द्र सार्ने विषय पेचिलो बन्दै गएको छ । सङ्घ र प्रदेशको निर्णय बाझिँदा समस्या भएको हो ।

गाउँपालिकाको केन्द्र अहिले वडा नं ४ वहाकीमा रहेको छ । तर गण्डकी प्रदेश सरकारले गाउँपालिकाको भवन निर्माणकोलागि विनियोजन गरेको बजेटमा गाउँपालिकाको भवन वहाकीमा नभई इमिचौरमा निर्माण गर्ने भनेपछि विवाद बढेको हो । सङ्घीय सरकारले गाउँपालिकाको केन्द्र वहाकी तोकेर सोही ठाउँबाट काम हुँदै आइरहेकामा प्रदेश सरकारले दिएको बजेटसँगै आएको नामले गाउँपालिकाको केन्द्र सार्ने विषयले फेरि महत्व पाएको स्थानीयवासीले बताएका छन् ।

कतिपय जनप्रतिनिधिले अहिले कायम रहेको वहाकीमा नै गाउँपालिकाको केन्द्र हुनुपर्ने बताइरहेका छन् भने कतिपयले इमिचौरमा सारिनु उपयुक्त हुने बताउँदै आएका छन् । इमिचौर आसपासका बासिन्दा र जनप्रतिनिधिले अहिले भइरहेको स्थानको केन्द्र अपायक भएको बताउँदै केन्द्र इमिचौरमै सारिनुपर्ने मागलाई तीव्र पारिरहेका छन् । इमिचौर साविक रानीपानी गाविसमा पर्दछ । अहिले केन्द्र रहेको स्थान वहाकी र आसपासका बासिन्दाले केन्द्र सारिन नहुने बताउँदै आएका छन् ।

प्रदेश सरकारले भवन निर्माणका लागि रु एक करोड विनियोजन गरेपछि गाउँपालिकाको भवन निर्माण हुने पक्का भएको छ । जहाँ भवन निर्माण हुन्छ, त्यो नै स्थायी केन्द्र बन्ने भएका कारण इमिचौर र वहाकीका दुई पक्षबीच केन्द्र राख्ने विषयको मुद्दा चर्किएको स्थानीय हरि न्यौपानेले बताए । वडा नं ३ रानीपानीका वडाध्यक्ष रनबहादुर आलेले प्रदेशले ठाउँ तोकेर रकम विनियोजन गरिसकेको अवस्थामा केन्द्र सार्नैपर्ने बाध्यता रहेको बताएका छन् ।

“हामीले गाउँपालिकाको केन्द्र इमिचौर हुनुपर्छ भन्दै बहुमतको निर्णय गरी प्रदेश सरकारका विभिन्न मन्त्रालयमा केन्द्र सारिनुपर्ने माग बुझाएका थियौँ”, उनले भने, “गाउँपालिकामा पनि केन्द्र सार्नुपर्छ भन्ने माग आएको छ, प्रदेश सरकारले पनि बजेटसहित ठाउँ तोकेको छ ।” गत शुक्रबार जनप्रतिनिधिसहित इमिचौर आसपासका स्थानीयवासी केन्द्र सार्नुपर्ने माग राख्दै गाउँपालिकाको कार्यालयमा पुगेका थिए ।

केन्द्र सार्ने विषयमा गाउँपालिका प्रमुख कमलप्रसाद भुसालसँग छलफल भएको भए पनि केन्द्र सार्ने विषयमा उदासीन बन्दै बेवास्ता गरेको वडाध्यक्ष आलेले बताए । बहुमतको सङ्ख्यामा गाउँपालिकाको केन्द्रमा पुगेका जनप्रतिनिधि र स्थानीयवासीको कुरा नसुनी गाउँपालिका प्रमुख भुसालले तोक लगाउन अस्वीकार गरेर भवनका लागि आएको बजेट फ्रिज गराउने अवस्था उत्पन्न गराएको उनको भनाइ छ ।

विहादी–२ का वडाध्यक्ष ओमप्रसाद कुँवरसहित सबै वडा सदस्य, कार्यपालिका सदस्य, वडा नं ३ का सबै सदस्य, वडा नं १ का प्रतिनिधि इमिचौरमा केन्द्र सानुपर्ने अडानमा छन् । गाउँपालिका प्रमुख भुसाल भने सङ्घीय सरकारले तोकेको वहाकीनै केन्द्र बन्नुपर्ने भन्ने अडानमा रहेका छन् । गाउँपालिकाको निर्माणका लागि वहाकीमा जगा किन्ने कामसमेत भइसकेका कारण केन्द्र सार्ने कुरा अनपयुक्त भएको उनको तर्क छ । उनले सकेसम्म सबैको सहमति गराएर साविककै ठाउँमा भवन निर्माण गरिने बताए ।