७ पुष २०८२, सोमबार
,
Latest
अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्तचन्दनको तेलसहित तीन जना पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेल रहेका छन् ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले मङ्गलबार साँझ पक्राउ गरेको बताए । उनले लामा बस्ने कोठामा प्लाष्टिकको बोराले छोपेर राखेको अवस्थामा सिल्भरको गाग्रोमा ४५ लिटर रक्तचन्दन फेला पारेको जानकारी दिए ।पक्राउ परेका तीनै जनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।