१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

चीन सरकारले भ्रामक सूचना फैलाउने अभियान चलाएको आरोप

चीन सरकारले भ्रामक सूचना फैलाउने अभियान चलाएको आरोप
अ अ+ अ-

क्यालिफोर्निया । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले हङकङमा लोकतन्त्र पक्षधरले गरेको आन्दोलनबारे चीन सरकारले भ्रामक सूचना फैलाउने अभियान चलाएको भन्दै नियन्त्रणका लागि कदम चालेको जनाईएको छ । ‘हाम्रो सञ्जालमार्फत भ्रम पार्ने विभिन्न नीति उल्लंघन गरेकाले सबै खाता बन्द गरिएको हो,’ ट्वीटरले वेबसाइटमा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख, ‘स्वस्थ र खुला बहसको संरक्षणको पक्षमा छौं ।’

सामाजिक सञ्जाल ट्वीटरले ‘हङकङमा वैधानिकता अन्त्य गर्ने तथा राजनीतिक द्वन्द्वको बीउ रोप्ने प्रयास गर्ने’ ९३६ खाता बन्द गरिदिएको जनाएको छ । हङकङको मुख्य भूमि चीनबाट सञ्चालित खाता आफ्नो नीति प्रतिकूल रहेको पनि ट्वीटरले जनाएको छ । त्यसैगरी, फेसबुकले पनि ७ वटा पेज, ३ वटा समूह र ५ वटा खाता हटाइएको जनाएको छ । ‘ती खाता तथा पेजमा बारम्बार स्थानीय राजनीतिक समाचार र हङकङमा जारी प्रदर्शनलगायत विषयबारे लेखिन्थ्यो,’ फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नथानियल ग्लेइचर भने, ‘उक्त कार्य गर्ने मानिसले पहिचान लुकाउन खोजे पनि हाम्रो अनुसन्धानले ती चीन सरकारसँग सम्बन्धित रहेको प्रस्ट भएको छ ।’

ट्वीटरका ९३६ खाताका अतिरिक्त २ लाखभन्दा बढी खाता अफवाह फैलाउने उद्देश्यले खोलिए पनि प्रयोगमा आउनुअघि नै निष्क्रिय गराइएको ट्वीटरले उल्लेख गरेको छ । ‘हाम्रो विस्तृत अनुसन्धानपछि संगठित रूपमा चीन सरकार समर्थित कार्य गरिएको भरपर्दा प्रमाणहरू भेटिएका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैगरी, हामीले हङकङ आन्दोलनबारे उस्तै शैलीमा सन्देश एवं विचार सार्वजनिक गर्ने थप समूहहरू पत्ता लगाएका छौं ।’

‘हामीले राज्य नियन्त्रित समाचार संस्थाको विज्ञापन स्वीकार गर्दैनौं,’ कम्पनीले भनेको थियो । तर ट्वीटरले आफ्ना नयाँ नीति स्वतन्त्र सार्वजनिक प्रसारकहरूका हकमा लागू नहुनेसमेत उल्लेख गरेको छ । चीनमा ट्वीटर प्रतिबन्धित भए पनि मानिसले भीपीएनमार्फत् प्रयोग गर्छन् ।
गत साताको अन्त्यमा चिनियाँ सरकारी समाचार संस्था सिन्हृवाले ट्वीटरमा प्रायोजित पोस्ट गरेको सार्वजनिक भएपछि कडा आलोचना भएको थियो । त्यसलगत्तै ट्वीटरले त्यस्ता विज्ञापन स्वीकार नगर्ने घोषणा गरिसकेको छ ।