५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरिङ्गालले टोकेर एक युवकको मृत्यु



अ+ अ-

पाल्पा । अरिङ्गालले टोकेर पाल्पामा एक युवकको मृत्यु भएको छ। तानसेन नगरपालिका–१२, बौघापोखराथोकका २१ वर्षीय हेमु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घर नजिकैको धारादी सियानडाँडा सामुदायिक वनमा रुखमा भएको अरिङ्गाल पोल्न गएका रानाको अरिङ्गालको टोकाईबाट मृत्यु भएको हो ।

स्थानीय कृष्ण आलेले साथीहरुको समूहमा अरिङ्गाल पोल्न गएका रानाले पोल्दापोल्दै पुरै नपोलिकन गोला झिक्न लागेको समयमा अरिङ्गालले टोक्न थालेपछि आत्तिएर रुखबाट छिटो झरेको बताए। उनलाई तत्कालै मिशन अस्पताल लगिएको तर बचाउन नसकिएको आलेले बताए । गरिब परिवारका रानाले खानको लागि ८र१० जनाको समूहमै अरिङ्गाल पोल्न गएको बताईएको छ।

सोमबार राती ८ बजे घरनजिकै रहेको रुखमा अरिङ्गालको गोलो पोल्न गएका रानालाई अरिङ्गालले टोकेर घाइते भएका र उनलाई मंगलबार दिउँसो करिब १ बजेतिर तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार गर्ने क्रममा मृत्यर भएको हो ।