११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ करोड रकम हिनामिना गर्ने बैंक म्यानेजर पक्राउ



अ+ अ-

दाङ । बैंकको १८ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीले दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका बैंक म्यानेजर सुरज बुढाथोकीलाई प्रहरीले मंगलवार राति नियन्त्रणमा लिएको हो । वेक्ष्टर्न विकास बैंकमै कार्यरत भएका बेला बुढाथोकीले नक्कली ऋणी बनाएर रकम निकासा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका अनुसार बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको देखिएको बताएका छन् । ‘नक्कली ऋणि बनाएर वैंकबाट रकम निकासा गरेको आँकलन गरिएको छ,’प्रहरी निरीक्षक गौतमले नागरिकसंग भने ‘त्यसरी निकासा भएको १८ करोड रकम बुढाथोकीले कहाँ प्रयोग गरेका छन् भन्ने यकिन भने खुल्न सकेको छैन।’

गौतमले १८ करोड रकम हिनामिनामा बुढाथोकी एक्लैको मात्रै हात नरहेको आशंका गर्दै बैंकका सञ्चालक तथा थप कर्मचारीमाथि पनि निगरानी गरिरहेको बताए । ठूलो रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएका बुढाथोकीलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलसमा पेश गर्न त्यसतर्फ लगिएको छ। बैंकिङ कसुरको बयान उक्त इजलासमा हुने भएकाले बुढाथोकीलाई नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ।

यसअघि दाङमा केन्द्रीय कार्यालय रहेको बेष्टर्न डेभलपमेन्ट बैंक देवः बिकास बैंकमा मर्ज भएको थियो । उनी वेस्टर्न विकास बैंक मर्ज भएसंगै देवः विकास बैंकमा समाहित भएका थिए। यि दुई बैंक गत असारमा मर्ज भएका हुन्।