१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा

तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा
अ अ+ अ-

कावासोती । नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ । ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस विषयलाई समावेश गरेको छ ।

सोही आधारमा नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकलाई आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको बैंक खातामा जम्मा गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताए । ज्येष्ठ नागरिकले विभिन्न समयमा यसप्रकारको माग गर्दै आएकोमा नगरपालिकाले सोहीअनुसार उनीहरुको माग सम्बोधन गर्न यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।

नगरपालिकाले निजी क्षेत्रमा कार्य गर्ने कर्मचारीलाई समेत १० प्रतिशत रकम जम्माका लागि आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । उनका अनुसार नगरपालिकामा रहेका व्यापार, व्यवसाय गर्ने उद्योगी र व्यापारीलाई समेत आफ्नो आम्दानीको १० प्रतिशत आमाबुबाको खातामा जम्मा गर्न भनिएको छ । “ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले यस्तो नीति लिएको हो, हामीले सबैमा आग्रह गरेका छौं”, प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, “यो स्वच्छिक विषय हो ।”

नगरपालिकाले आमाबुबाको खातामा पैसा जम्मा गर्नेको विवरणसमेत सङ्कलन गरेर राख्ने बताउँदै उहाँले यही आधारमा भोलिका दिनमा यससम्बन्धी थप योजना निर्माण गरिने जानकारी दिए । “हामीले सबैमा आह्वान गरेका छौं, गत महीनाको तलब निकासा भएको छैन, हामीलाई विश्वास छ, सबैले यसलाई अनुशरण गर्नुहुनेछ”, प्रमुख प्रशासकीय अधिकृत भुसालले भने । नगरपालिकाबाट सम्बन्धित व्यक्तिको खातामा पारिश्रमिक गएपछि, सोहीअनुसार आफूले प्राप्त गरको रकमबाट दश प्रतिशत रकम आमाबुबाको छुट्टै बैंक खातामा जम्मा गर्न भनिएको उनले बताए ।

ज्येष्ठ नागरिकको सम्मानसहित उनीहरुको उपचार, पोषणमा सहयोग पुर्याउने उद्देश्यले यस्तो नीति लिइएको देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले बताए । नगरपालिकाको यो नीतिले ज्येष्ठ नागरिक उत्साही भएको उनले बताए । यस्तो नीतिले कुनै पनि परिवारमा ज्येष्ठ नागरिकलाई नहेर्ने गरेको भए नैतिक दबाब सिर्जना हुने बताउँदै नगर प्रमुख श्रेष्ठले ज्येष्ठ नागरिक परिवारमा अपहेलित हुने, बिरामी पर्दा समयमा उपचार नहुने, आफ्ना आवश्यकता पूरा गर्न पैसा नहुँदा समस्यामा पर्नेजस्तो कुरालाई यसले न्यूनीकरण गर्ने धारणा व्यक्त गरे।

“नैतिकरुपमा आफ्ना आमाबुबाप्रति जिम्मेवार बनाउन यस्तो कदम चालिएको हो, यसले पारिवारिक सम्बन्धसमेत मजबुत बनाउन सहयोग पुग्ने छ”, नगर प्रमुख श्रेष्ठले भने । यसलाई कार्यान्वयन गराउन सबै जनप्रतिनिधि एकमत भएकाले यो लागू हुने विश्वास उनको छ ।नगरपालिकाले शुरुआत गरेको कदम सिर्जनात्मक भएको देवचुलीका सामाजिक अगुवा खिमानन्द भुसालले बताए । नगरपालिकाको यो कार्य राम्रो भएको भए पनि यसलाई व्यापक छलफल गरी सोहीअनुसार कार्यविधि बनाएर कार्यान्वयमा जाँदा अझै राम्रो हुने उनको दाबी छ ।

विवाहित महिला जागीरे हुँदा आमाबुबा वा सासूससुरा कस्कोमा रकम जम्मा गर्ने स्पष्ट नभएको भुसालले बताउनुभयो । अंशसमेत लिई अलग्गै बसेकाको हकमा के गर्ने, सन्तानको तलबभन्दा धेरै पेन्सन पाउने आमाबुबाको हकमा के गर्ने, तोकेबमोजिम नगर्नेलाई कसरी दायरामा ल्याउनेजस्ता विषयमा स्पष्ट भएर कार्यविधि बनाउँदा कार्यान्वयनमा सहजता हुने उनले बताए ।