१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनमा पाएको मतको न्याय गर्छुः गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने बताएका छन्।

१४ औं महाधिवेशनबाट महामन्त्री पदमा विजयी भएपछि पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।  

नेता थापाले आफूलाई मत दिएर जिताएका सबै मतदातालाई धन्यवाद दिँदै मतदाताको पनि विश्वास जित्नेगरी काम गर्ने बताएका छन्। 

‘इमान्दारितापूर्वक आफ्नो भूमिका निर्वाह गर्नेछु। मैले साथीहरुलाई एक दिन पनि गलत मान्छे छानेछु भन्ने दिन आउन दिन्नँ भनेको छु। म सिंगो पार्टीको महामन्त्री बन्छु,’ उनले भने।

आफूसहितका पदाधिकारीले सभापतिलाई बल पुग्नेगरी, तागत पुर्याउने गरी काम गर्ने पनि बताएका छन्। 

‘यो मतप्रति मैले न्याय गर्नुपर्छ । मसँग एक दिन पनि चुक्ने सुविधा छैन, एक दिन पनि थाक्ने सुविधा छैन । म अझै इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु’ उनले भने ।

पार्टीलाई व्यवस्थापन गर्ने महामन्त्रीको भएको भन्दै पार्टीमा नजोडिएका साथीलाई पनि पार्टीमा जोड्न आफूले काम गर्ने थापाको भनाई छ।